ad ad

ग्लोबल


ग्रीसमा कार्गो विमान दुर्घटना

ग्रीसमा कार्गो विमान दुर्घटना

नेपालखबर
साउन १, २०७९ आइतबार ११:३२, काठमाडौँ

युक्रेनको एयरलाइन्सले सञ्चालन गरेको कार्गो विमान शनिबार ग्रीसमा दुर्घटनामा परेको छ।

ग्रीसका अधिकारीले दिएको जानकारीअनुसार सर्बियाबाट जोर्डन जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो।

दुर्घटना परेको विमान सोभियत संघको पालामा बनेको एएन–१२ रहेको समाचार एजेन्सी एपीले बताएको छ। यो विमानलाई विमान सेवा प्रदायक मेरिडियनले सञ्चालन गर्दै आएको थियो। 

ग्रीसका सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार यो विमानमा आठजना चालक दलका सदस्य छन्। उक्त विमानमा १२ टन जोखिमपूर्ण सामग्री रहेको समाचारमा उल्लेख छ। जसमध्ये धेरैजसो विष्फोटक सामग्री थिए। 

ग्रीसको उड्डयन नियामकका अनुसार पाइलटले विमानमा रहेको समस्याबारे जानकारी गराएका थिए। उनका अनुसार विमानको इन्जिनमा समस्या देखिएको थियो। 

स्थानीयका अनुसार विमान दुर्घटनामा पर्नुअघि विमानमा आगो लागेको थियो तर घुँवाको मुस्लो देखिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .