ad ad

ग्लोबल


पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्किँदै

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्किँदै

नेपालखबर
असार १९, २०७९ आइतबार १५:५५, काठमाडौँ

कोरोना महामारीका कारण स्वदेश आएर चीन फर्किन नपाएका नेपाली विद्यार्थी मंगलबार (असार २१) देखि चीन फर्किन पाउने भएका छन्। 

परराष्ट्र मन्त्रालयका अनुसार पहिलो चरणमा २८१ जना नेपाली विद्यार्थी चीन जाने भएका हुन्। महामारी नियन्त्रणमा नआएकाले चीनले नेपाली विद्यार्थी फर्काउन मानेको थिएन। चीन फर्किन नपाउँदा नेपाली विद्यार्थी समस्यामा थिए।

नेपालको निरन्तरको कुटनैतिक पहलकदमीपछि चीन नेपाली विद्यार्थी फर्काउन राजी भएको हो। 

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार जुलाई ५ अर्थात असार २१ गते मंगलबारबाट नेपाली विद्यार्थीहरु चीन फर्किन थाल्नेछन्।

उनका अनुसार चीन फर्किन ८५० विद्यार्थीले आवेदन दिएका थिए। ती मध्ये पहिलो चरणमा मंगलबार २८१ जना चीन फर्किने प्रवक्ता लम्सालले बताइन्। 

‘नेपाली विद्यार्थीहरू दूतावासको सम्पर्कमा छन्। पहिलो चरणमा २८१ विद्यार्थी जानुहुन्छ,’ उनले भनिन्।

बाँकी विद्यार्थी पनि छिट्टै चीन जाने लम्सालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .