ग्लोबल


बाइडेन र सीबीच फोनवार्ता हुने

बाइडेन र सीबीच फोनवार्ता हुने

नेपालखबर
असार १४ , काठमाडौँ

आगामी केही हप्ता’मा एक बाइडेन र सीबीच फोनवार्ता हुने अमेरिकाले जनाएको छ। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच ‘आगामी केही हप्तामा’ भेटवार्ताको तयारी भएको अमेरिकी वरिष्ठ अधिकारीले सोमबार बताएका हुन्। 

दुई नेताबीच ‘आगामी केही हप्तामा भेटवार्ता हुने सम्भावना छ’, अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने। 

विश्वका दुई ठूला अर्थ व्यवस्था भएका मुलुकका नेताबीच लामो समयदेखि जारी व्यापार विवाद, ताइवान विषय र युक्रेन आक्रमणमाथि पश्चिमी प्रतिबन्धको सामना गर्न रूसलाई मद्दत नगर्न बेइजिङलाई आह्वान हुने अपेक्षा गरिएको छ।

एक हप्ताअघि, बाइडेनले ‘राष्ट्रपति सीसँग वार्तालाप गर्ने’ योजना सार्वजनिक गरेका थिए। “हामीले अहिलेसम्म समय तोकेका छैनौँ,” उनले भने। 

केही दिनअघि उनले ‘छिट्टै’ फोन हुन सक्छ भनेका थिए। 

दुई नेताबीचको अन्तिम भिडिओ सम्मेलन मार्च १८ मा भएको थियो। उक्त भेटमा बाइडेनले सीलाई युक्रेनको आक्रमणमा रूसलाई सहयोग नगर्न चेतावनी दिएका थिए। 

छलफलका प्रमुख विषयहरूमा डोनाल्ड ट्रम्पको नेतृत्वमा लगाइएको केही व्यापार शुल्क हटाउने विषयमा पनि सम्भावित निर्णय हुने अपेक्षा छ। ट्रम्प प्रशासनले केही चिनियाँ आयातमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेको थियो। यो निर्णयले चीन–अमेरिकाबीचको व्यापार विवाद थप बढेको थियो। 

यस दण्ड (अतिरिक्त कर) को उद्देश्य संयुक्त राज्य अमेरिकाले व्यापारमा चीनको अनुचित व्यापारिक अभ्यासहरू कम गर्न र अमेरिकी उत्पादकको सुरक्षा गर्नु रहेको बताइएको थियो।

यो कदम राजनीतिक तवरमा अमेरिकामा लोकप्रिय बनेको थियो तर संयुक्त राज्य अमेरिकामा ४० वर्षे उच्च मुद्रास्फीतिले गर्दा बाइडेनले मूल्य दबाब कम गर्ने उपाय खोज्ने क्रममा चिनियाँ सामान आयातमा लगाइएका केही अतिरिक्त कर विचार भइरहेको बताएका थिए।  

कुनै पनि निर्णय चाँडै आउनुपर्नेछ किनभने ट्रम्पले लगाएका अतिरिक्त शुल्क छिट्टै नवीकरण नभए जुलाई ६ देखि तीमध्ये केहीको म्याद समाप्त हुनेछ। रासस/एएफपी

असार १४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.