ग्लोबल


चीनको बीआरआईलाई चुनौती दिन जी७ मुलुकले सार्वजनिक गरे ६ खर्ब डलरको योजना

चीनको बीआरआईलाई चुनौती दिन जी७ मुलुकले सार्वजनिक गरे ६ खर्ब डलरको योजना

नेपालखबर
असार १३, २०७९ सोमबार ११:२५, काठमाडौँ

जी७ मुलुकका नेताले आइतबार आगामी पाँच वर्षमा विकासशील मुलुकमा भौतिक संरचना निर्माणको लागि ६ खर्ब डलर उठाउने भएका छन्।

आइतबारको बैठकमा उनीहरुले निजी र सार्वजनिक कोषमार्फत उक्त रकम उठाउने बताएका छन्। चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)लाई चुनौती दिन जी७ का मुलुकले यस्तो योजना अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

जर्मनीले आयोजना भइरहेको जी७ का नेताहरुको बैठकमा ‘पार्टनरसिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट’ कार्यक्रम पुनः सार्वजनिक गरिएको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाका लागि अमेरिकाले २ खर्ब डलरबराबरको रकम सहयोग गर्न सक्ने बताएका छन्। उनले अनुदान, संघीय कोष र निजी लगानीको रकम यो योजनामा सहयोगको लागि प्रयोग गर्न सकिने बताएका हुन्।

अहिले घोषणा गरिएअनुसारको योजना कम र मध्यम आय भएका मुलुकमा जलवायु परिवर्तनको असर न्यूनीकरणका साथै विश्वव्यापी स्वास्थ्य सुधार, लैङ्गिक समानता र डिजिटल संरचना निर्माणको लागि पनि प्रयोग गरिनेछ। 

अमेरिकी राष्ट्रपति बाइडेनले यो कुनै सहयोग वा च्यारिटी नभई लगानी हुने र यसको प्रतिफल सबैले पाउने बताए। प्रजातान्त्रिक मुलुकबीच हुने यस किसिमको सहकार्यले सबैलाई फाइदा पुग्ने उनको विश्वास छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad