भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव कुमार देवले राजीनामा दिएका छन्।
प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले सरकार चलाउन असफल रहेको भन्दै आलोचना गरिरंहदा देवले राजीनामा गरेका हुन्। देव सत्तारुढ भारतीय जनता पार्टीको त्रिपुराका नेता हुन्।
उनले राज्यपाल सत्यदेव नारायण आर्यसमक्ष राजीनामा बुझाएको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
कांग्रेस आईले मुख्यमन्त्री देवले जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसकेको बताएको थियो।
एक वर्षपछि त्रिपुरामा राज्यसभा चुनाव हुँदै छ। भारतीय जनता पार्टीले आज साँझ नयाँ मुख्यमन्त्रीको नाम चयन गर्ने बताइएको छ।
81
Shares
प्रतिक्रिया