इरान, रुस र चीनले हिन्द महासागरमा शुक्रबार संयुक्त सैन्य अभ्यास सुरु गरेका छन्।
इरानको समाचार एजेन्सी आईआरएनएका अनुसार समुद्री लुटेराहरुबाट पार पाउने उद्देश्यका साथ यो संयुक्त सैन्य अभ्यास सुरु गरिएको हो।
अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा धेरैजसो सोमालियाका सामुद्रिक लुटेराले आक्रमण गर्ने गरेका छन्।
गत नोभेम्बरको सुरुवाती दुई सातामा दोस्रोपटक एडनको खाडीमा सोमालियाका लुटेराले इरानको तेल ट्यांकर अपहरण गर्ने प्रयास गरेका थिए।
माघ ८, २०७८, शनिबार
प्रतिक्रिया