ad ad

ग्लोबल


ज्वालामुखी विस्फोटको ५ दिनपछि टोंगा पुग्यो वैदेशिक राहत

ज्वालामुखी विस्फोटको ५ दिनपछि टोंगा पुग्यो वैदेशिक राहत

नेपालखबर
माघ ६, २०७८ बिहिबार १६:२, काठमाडौँ

शनिबारको ज्वालामुखी विस्फोटन र त्यसपछिको सुनामीले क्षतिग्रस्त प्रशान्त महासागरस्थित टापु मुलुक टोंगामा राहत सामग्री बोकेका विदेशी विमान अवतरण भएका छन्। 

न्युजिल्यान्डले आफ्नो सैन्य विमान टोंगाको प्रमुख विमानस्थलमा अवतरण भएको बताइएको छ। त्यसअघि धावनमार्गबाट खरानी हटाइएको थियो।

अस्ट्रेलियाको विमान पनि राहत सामग्री लिएर त्यहाँ पुगेको छ। ज्वालामुखी विस्फोटपछि सबैतिर खरानीले ढाकिएपछि राहत तथा उद्धाको प्रयास असफल भएको थियो। 

ज्वालामुखीपछि बाह्य संसारसँग सञ्चार सम्पर्क टुटेको थियो। पाँच दिनपछि आएर केही मात्रामा सञ्चार सम्पर्क स्थापित भएको छ। 

न्युजिल्यान्डको एक नौसैनिक पानीजहाज नै खानेपानी बोकेर बिहीबार टोंगा पुग्दैछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .