ad ad

ग्लोबल


अमेरिकाको मिशिगनस्थित विद्यालयमा गोली आक्रमण, तीनजनाको मृत्यु

अमेरिकाको मिशिगनस्थित विद्यालयमा गोली आक्रमण, तीनजनाको मृत्यु

नेपालखबर
मंसिर १५, २०७८ बुधबार ७:४२, काठमाडौँ

अमेरिकाको मिशिगन राज्यस्थित एक विद्यालयमा अन्धाधुन्ध गोली आक्रमण हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमा १६ वर्षीय छात्र र १७ र १४ वर्षीया छात्राहरु छन्। आक्रमणमा परी घाइते हुनेमा शिक्षक पनि रहेका छन्। 

प्रहरीका अनुसार १५ वर्षीय आरोपीले १५ देखि २० राउण्ड गोली प्रहार गरेका थिए। उनले एक्लैले यो घटना घटाएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उनले अर्धस्वचालित हातेबन्दुकको प्रयोग गरेका थिए। उनले किन यो आक्रमण गरे भन्नेचाहिँ स्पष्ट हुन सकेको छैन। 

प्रहरीका अनुसार आक्रमणपछि आरोपीले आफैं प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। घाइतेमध्ये दुई जनाको शल्यक्रिया गरी उपचार भइरहेको र गोली लागेका अन्य ६ जनाको अवस्था स्थिर रहेको समाचारमा उल्लेख छ। प्रहरीले अहिलेसम्म आरोपीले यो घटनाबारे केही नबताएको बताएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .