ग्लोबल


कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा भड्कियो हिंसा

कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा भड्कियो हिंसा

नेपालखबर
मंसिर १३

पाकिस्तानको पख्तुनख्वा प्रान्तस्थित चरसद्दा जिल्लाको तांगी क्षेत्रमा कुरानको अपमान गरेको भन्दै हिंसात्मक विरोध प्रदर्शन सुरु भएको छ। पाकिस्तानको पत्रिका 'द डान'का अनुसार आक्रोशित प्रदर्शनकारीले स्थानीय प्रहरी चौकीमा आगो लगाइदिएका छन्। 

जहांगीर खान प्रहरी चौकीका एसएचओ बहराममन्द शाहले पछिल्लो केही समययता कुरानको अपमान गरेको अफवाह चलिरहेको थियो। प्रहरीले यस विषयमा एक युवकलाई पक्राउ गरी अनुसन्धान पनि सुरु गरेको छ।

यद्यपि एक युवक पक्राउ परेका समाचारसँगै प्रदर्शनकारीहरु चौकीअघि पुगेर पक्राउ गरेका युवक आफूहरुलाई सुम्पिनुपर्ने माग राखेका थिए। यो माग लिएर प्रदर्शनकारीले सुरुमा नाराबाजी गरिरहेका थिए तर अचानक भिड आक्रोशित हुँदा उनीहरुले चौकीमा आगो लगाइदिएका हुन्। 

अवस्था अनियन्त्रित भएसँगै चौकी खाली गरेका प्रहरीहरु त्यहाँबाट निस्किएका छन्। यद्यपि प्रहरीले पक्राउ गरेका युवकलाई सुरक्षित स्थानमा लगेको छ। 

मंसिर १३, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .