ad ad

ग्लोबल


सुटुक्क ताइवान पुगे अमेरिकी सांसद

सुटुक्क ताइवान पुगे अमेरिकी सांसद

ताइवानकी राष्ट्रपति त्साई इङ वेन


नेपालखबर
मंसिर १०, २०७८ शुक्रबार ९:२, काठमाडौँ

अमेरिकी संसदका प्रचिनिधिले ताइवान भ्रमण गरेको दुई सातापछि पुनः अमेरिकी सांसदको अर्को टोली ताइवान भ्रमणमा गएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार दुई दिने भ्रमणका लागि बिहीबार १७ सदस्यीय अमेरिकी सांसदसहितको टोली ताइवान पुगेको हो। यो टोलीमा डेमोक्रेट र रिपब्लिकन दुवै पार्टीका प्रतिनिधिहरु छन्। 

पछिल्लो समय ताइवानबारे अमेरिका–चीन विवाद बढ्दै गएको अवस्थामा निरन्तर अमेरिकी  शीर्ष नेताले ताइवान भ्रमण गरिरहेका छन्। यसअघि ताइवानको मुद्दाबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वार्ता भएको थियो।

बाइडेनले चीनले आक्रमण गरे ताइवानको रक्षा अमेरिकाले गर्ने अभिव्यक्ति दिइसकेका छन्। तर, ह्वाइट हाउसले भने ताइवानबारे अमेरिकाको नीति परिवर्तन नभएको बताउँदै आएको छ। 

चीनले यसअघि नै अमेरिकालाई ताइवानको मुद्दा उठाउनु आगोसँग खेल्नुजस्तै भएको चेतावनी दिइसकेको छ। यस्तोमा अमेरिका–चीन सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने विश्लेषकहरुले बताएका छन्।

अमेरिकन इन्स्टिच्युट अफ ताइवानका अनुसार अमेरिकी सांसदहरुको टोलीले भ्रमणको क्रममा ताइवानका शीर्ष नेताहरुसँग छलफल गर्नेछ। यो क्रममा अमेरिका–ताइवान सम्बन्ध लगायतका विषयमा चर्चा हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .