ग्लोबल


बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु

बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ११:४७, काठमाडौँ

पश्चिमी बुल्गेरियामा एउटा बस दुर्घटनापछि आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार राजधानी सहर सोफियाको दक्षिण–पश्चिमी क्षेत्रमा रहेको बोस्नेक गाउँनजिकै उक्त बस दुर्घटनामा परेको हो।

स्थानीय अधिकारीले बताएअनुसार दुर्घटनामा मृत्यु हुनेमा केही बालबालिका पनि छन्। 

दुर्घटनामा परेका सातजनाको सकुशल उद्धार गरिएको छ। यो बस टर्कीबाट नर्थ म्यासिडोनियातर्फ गइरहेको समाचारमा उल्लेख छ।

अहिले यो बस दुर्घटना र आगलागीको कारण खुलेको छैन। बुल्गेरियाका गृहमन्त्रीले घटनास्थलको निरीक्षण गरेका छन्। उनले बसमा सवार मानिसहरुको शव पूर्णरुपमा जलेको अवस्थामा रहेको बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad