विवादित पेगासस स्पाइवेयर बनाउने इजरायलको कम्पनी एनएसओ ग्रुपलाई अमेरिकाले कालोसूचीमा सामेल गरेको छ।
यससँगै उसले कुनै पनि किसिमको व्यावसायिक सम्झौताको लागि यो कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। एनएसओ ग्रुपको जासुसी सफ्टवेयरको प्रयोग धेरै पत्रकार, सामाजिक कार्यकर्ता, नेता मन्त्री र सरकारी अधिकारीमाथि निगरानीको लागि हुने गरेको खुलेको थियो।
अमेरिकी अधिकारीले यो कम्पनीले अमेरिकाको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिको विरुद्धमा काम गरेकाले यो कदम चाल्नुपरेको बताएको छ।
कम्पनीले भने अमेरिकाको यो निर्णय दुःखद् भएको बताएको छ। एनएसओ ग्रुपले यो प्रविधिले आतंकवाद र अपराध नियन्त्रणका साथै अमेरिकाको राष्ट्रिय सुरक्षा कायम राख्न सहयोग गर्ने बताएको छ।
36
Shares
प्रतिक्रिया