ad ad

ग्लोबल


नाइजेरियामा बन्दुकधारी समूहको आक्रमण, कम्तीमा ३० को मृत्यु

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमण, कम्तीमा ३० को मृत्यु

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ५:३२, काठमाडौँ

बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ। 

देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीले आक्रमण गरेका सरकारी अधिकारीहरूले सोमबार जनाएका छन्। प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन्। 

‘आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,’ वक्तव्यमा भनिएको छ। प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीले गाउँलेमाथि आक्रमण गरेर भागेको जानकारी दिएका छन्। 

‘आक्रमणकारी मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,’ एक प्रत्यक्षदर्शीले भने । आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यो क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ। 

उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् । नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .