नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार एक व्यक्तिले गरेको तीर आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा अन्य दुई घाइते भएका छन्।
तिर आक्रमणमा संलग्न ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको नर्वे प्रहरीले जानकारी दिएको छ। डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीले जनाएको छ। तिर आक्रमणको कारण खुलेको छैन।
मृतक केही सुपरमार्केटमा फेला परेका थिए। घाइते हुनेमा एकजना प्रहरी अधिकारी पनि छन्। तर, उनी ड्युटीमा नरहेका बताइएको छ।
नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले तिर आक्रमणलाई डरलाग्दो भन्दै त्यसको निन्दा गरेकी छन्। यो आक्रमण आतङ्कवादीले गरेको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन्। एजेन्सी
30
Shares
प्रतिक्रिया