ad ad

ग्लोबल


अमेरिकाले विश्वलाई थप ५० करोड डोज खोप अनुदानमा दिने

अमेरिकाले विश्वलाई थप ५० करोड डोज खोप अनुदानमा दिने

नेपालखबर
असोज ७, २०७८ बिहिबार ५:२६, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई कोभिड १९ विरुद्धको थप पचास करोड डोज खोप अनुदानमा उपलव्ध गराउने भएको छ। 

त्यसरी अनुदानमा दिनका लागि खोप खरिद गर्ने तयारी गरिएको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले जानकारी दिएका छन्। यो प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोप संसारलाई अनुदान दिने चाहना देखाएको छ। 

बाइडेन प्रशासनका वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, ‘बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर खोप खरिद गर्ने घोषणा गर्नुहुनेछ।’

निःशुल्क अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब डोज खोप संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन्। 

अमेरिकाले अनुदानमा दिने खोपको ढुवानी आगामी जनवरीदेखि सुरु हुने छ। ‘जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउने छ,’ उनले भने। अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोडभन्दा बढी कोभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको छ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकाले नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १ सय देशहरूमा झन्डै १६ करोड मात्रा खोप ढुवानी गरिसकेको छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .