ग्लोबल


इरानका परमाणु वैज्ञानिकको हत्या रिमोट कन्ट्रोल मेसिन गनबाट गरिएको दाबी

इरानका परमाणु वैज्ञानिकको हत्या रिमोट कन्ट्रोल मेसिन गनबाट गरिएको दाबी

नेपालखबर
असोज ३, २०७८ आइतबार १३:३३, काठमाडौँ

इरानी परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्यामा इजरायली गुप्तचर एजेन्सी इजरायलको हात रहेको दाबी गरिएको छ। 

अमेरिकी अखबार न्युयोर्क टाइम्सले मोसादको समूहले रिमोट कन्ट्रोलबाट चल्ने मेसिन गनले सन् २०२० नोभेम्बरमा पख्रिजादेहको हत्या गरिएको दाबी गरेको हो। उक्त मेसिन गनले एक मिनेटभन्दा पनि कम समयमा आफ्नो काम पूरा गरेकाे दाबी रिपोर्टमा गरिएको छ।

रिपोर्टअनुसार बेल्जियमले बनाएको एफएन म्याग मेसिन गन एक अत्याधुनिक रोबोट उपकरणसँग जोडिएको थियो र यो कृत्रिम बुद्धिमत्ताले सुसज्जित थियो। यसका कारण सम्पूर्ण मेसिनको वजन एक टन नजिक थियो।

को थिए मोहसिन फख्रिजादेह? 
मोहसिन फख्रिजादेह इरानका प्रमुख वैज्ञानिक तथा आईआरजीसीका वरिष्ठ अधिकारी थिए।

पश्चिमी देशका सुरक्षा विशेषज्ञका अनुसार उनी इरानमा धेरै शक्तिशाली थिए र परमाणु हतियार कार्यक्रममा उनको प्रमुख भूमिका थियो।

उनलाई इरानको परमाणु कार्यक्रमका जन्मदाता मानिन्छ। इजरायलले सन् २०१८ मा केही गुप्तचर दस्तावेज फेला परेको दाबी गरेको थियो, जसमा मोहसिनले नै इरानमा परमाणु हतियार कार्यक्रम सुरुवात गरेको उल्लेख छ। बीबीसी     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .