ad ad

ग्लोबल


अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सन्धिलाई फ्रान्सले भन्यो- ‘ढाडमा रोपिएको छुरा’

अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको नयाँ सन्धिलाई फ्रान्सले भन्यो- ‘ढाडमा रोपिएको छुरा’

नेपालखबर
असोज १, २०७८ शुक्रबार १८:२०, काठमाडौँ

अमेरिका, बेलायत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रमा ऐतिहासिक सुरक्षा सन्धि गरेका छन्। अंग्रेजीभाषी तीन मुलुकको यो सम्झौतालाई धेरैले चीनलाई रोक्ने  पहलका रुपमा हेरेका छन्।

इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत अमेरिका, जापान, भारत र अस्ट्रेलियाबीच यसअघि नै क्वाड गठबन्धन क्रियाशील छ। त्यसमाथि अमेरिकाले बेलायत र अस्ट्रेलियासँग अलग्गै सन्धि गरेको हो। 

यसलाई ‘अकिस’ (एयूकेयूएस) नाम दिइएको छ। 

बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाली प्रधानमन्त्ती स्कट मरिसनबीच भर्चुअल पत्रकार सम्मेलन आयोजना गरेर यो साझेदारी घोषणा गरिएको हो। 

सन्धिअन्तर्गत सुरुमा अस्ट्रेलियाले पहिलो पटक अमेरिकी प्रविधि प्रयोग गरेर आणविक शक्तिचालित पन्डुब्बीहरु बनाउने छ।

यो सम्झौतालाई दशककै ठूला रक्षा साझेदारीमध्ये एक मानिएको छ। 

चीनले यो सम्झौताको विरोध गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचेनले यसलाई ‘अत्यन्त गैरजिम्मेवारीपूर्ण’ संज्ञा दिएका छन्।

त्रिदेशीय सम्झौताले युरोपेली युनियन र खासगरी फ्रान्स रुष्ट भएको छ। नयाँ सम्झौताका कारण अस्ट्रेलियाका लागि १२ वटा पन्डुब्बी जहाज बनाउन फ्रान्सले गरेको सम्झौता रद्द भएको छ।

‘यो पिठ्युँमा रोपिएको छुरा नै हो,’ फ्रान्सेली विदेशमन्त्री ज्याँ इभ ले द्रियनले भनेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .