ad ad

ग्लोबल


तालिबानको कब्जापछि इस्लामाबाद–काबुल उडान पुनः सुरु गर्दै पाकिस्तान

तालिबानको कब्जापछि इस्लामाबाद–काबुल उडान पुनः सुरु गर्दै पाकिस्तान

नेपालखबर
भदौ २६, २०७८ शनिबार १६:५४, काठमाडौँ

पाकिस्तानको इन्टरनेसनल एयरलाइन्सले अगामी हप्तादेखि फेरि इस्लामाबादबाट काबुल उडान सुरु गरिने घोषणा गरेको छ। 

एयरलाइन्सका प्रवक्ताले शनिबार समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता पहिलो विदेशी व्यावसायिक सेवा सुरु गर्न लागिएको जानकारी दिएका हुन्।  

पीआईएका प्रवक्ता अब्दुल्ला हफिज खानले भने, ‘उडान सुरु गर्न हामीलाई सबै किसिमका अनुमति प्राप्त भइसकेको छ, हाम्रो पहिलो व्यावसायिक उडान यही सेप्टेम्बर १३ तारिखमा इस्लामाबादबाट काबुलका लागि हुनेछ।’

यो पनि–

पन्जसिरवासीको हारगुहार : तालिबानले नरसंहार गरिरहेको छ, हामीलाई बचाउनुहोस्!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .