ad ad

ग्लोबल


अमेरिकी जनरललाई प्रश्न : ‘अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किएपछि अमेरिका सुरक्षित छ?’

अमेरिकी जनरललाई प्रश्न : ‘अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किएपछि अमेरिका सुरक्षित छ?’

नेपालखबर
भदौ २०, २०७८ आइतबार १६:३४, काठमाडौँ

अमेरिकी सेनाका जनरल मार्क मिल्लीले अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने आशंका व्यक्त गरेका छन्।

शनिबार जर्मनीको रामस्टिनमा फक्स न्युजका जेनिफर ग्रिफिनसँग विशेष टीभी साक्षात्कारमा उनले अफगानिस्तानको वर्तमान स्थितिका विषयमा अमेरिकी नीतिका विषयमा विभिन्न प्रश्न गरिएको थियो। 

यस क्रममा अमेरिकी जनरल मिल्लीलाई सोधियो– अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ता भएपछि अमेरिका सुरक्षित छ?

जवाफमा उनले भने, ‘यस विषयमा अहिले बोल्नु हतार हुनेछ।’

एक अर्काे प्रश्नको उत्तरमा मिल्लीले अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने आशंका व्यक्त गरे। 

उनले भने, ‘जहाँसम्म मेरो अनुमान छ– अफगानिस्तानमा गृहयुद्धको अवस्था आउन सक्छ। मलाई थाहा छैन– तालिबानले आफ्नो सत्ता बलियो बनाउन र शासन चलाउन कत्तिको सक्षम हुन्छ?’

अमेरिकी जनरल मिल्लीले अतिवादी संगठन पुनः सलबलाउने चिन्ता पनि व्यक्त गरे। 

उनले भने, ‘अतिवादी संगठनले अफगानिस्तानको अस्थिरताको फाइदा उठाउन सक्छन्।’

उनले अफगानिस्तानमा अहिले जुन किसिमको परिस्थिति विकास भएको छ, त्यो ठूलो गृहयुद्धमा परिणत हुने सम्भावना देखिएको बताए। 

उनले भने, ‘तपाईं केही महिना वा वर्षभित्र त्यो सामान्य क्षेत्रबाट अतिवादी संगठनको पुनरुत्थान भएको देख्नुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .