ad ad

ग्लोबल


कारबाहीमा १८ तालिवान मारिएपछि हेरात प्रान्त पुनः सरकारको नियन्त्रणमा

कारबाहीमा १८ तालिवान मारिएपछि हेरात प्रान्त पुनः सरकारको नियन्त्रणमा

नेपालखबर
साउन ९, २०७८ शनिबार ५:२२,

अफगानिस्तानको सरकारी सेनाले पश्चिमी हेरात प्रान्तको कारुख जिल्लालाई पुनः आफ्नो कब्जामा लिएको छ।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गरेर तालिवान लडाकुबाट हरात प्राप्त पुनः सरकारी नियन्त्रणमा आएको जानकारी दिएको हो।

तालिवानविरुद्धको आक्रमण शुक्रवार सबेरै शुरू गरिएको थियो । अफगानी सुरक्षाबलले केही घण्टाभित्र आक्रमणकारी समूहलाई त्यहाँबाट धपाउन सफल भएको हो।

सरकारले पुनः कब्जा गर्ने क्रममा भएको सुरक्षा कारबाहीमा १८ तालिवान लडाकू मारिनुको साथै अन्य २० जना घाइते भएका विज्ञप्तिमा उल्लेख छ। उक्त क्षेत्रमा विद्रोहीविरूद्धको कारबाही जारी रहने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। 

गत एक महिना यता हेरात प्रान्तमा एक दर्जन भन्दा बढी जिल्ला ओगटेका अफगान तालिवान समूहले कारुख जिल्लाको अवस्थाबारे अझै टिप्पणी गरिसकेको छैन। 

अफगानिस्तानबाट अमेरिकी सेनाको नेतृत्वमा रहेका सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले कतिपय ठाउँमा आफ्नो पकड बढाउदै लगेका छन्। 

तालिवानले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले चाँडै नै कारबाही शुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताए। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .