गोरखाको गोरखा नगरपालिका-५ मा हालसम्म (दिउँसो २:३०) ५६ प्रतिशत मत खसेको छ। उपनिर्वाचनअन्तर्गत गण्डकी प्रदेशमै यस वडामा मात्र चुनाव भइरहेको छ।
यहाँ दिउँसो २ बजेसम्म ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले जानकारी दिए। प्रदेशमै एक मात्र वडामा चुनाव भइरहेकाले यस वडाले सबैको ध्यान खिचेको छ।
यहाँ वडाध्यक्षका लागि ९ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्।
‘बिहान चिसो भएकाले मतदाता कम कमै हुनुहुन्थ्यो, ९ बजेपछि संख्या बढेको छ,’ मुख्य निर्वाचन अधिकृत रानाभाटले भने, ‘हालसम्म शान्तिपूर्ण रूपमा मदतान भइरहेको छ। दिउँसो २ बजेसम्ममा तीनवटा केन्द्रमा गरी १२ सय ४४ मत खसेको छ।’
यस वडामा २२ सय २५ मतदाता छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, डा. बाबुराम भट्टराईको समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायत ९ दल चुनावी प्रतिस्पर्धामा छन्।
मतपेटिका संकलन भइसकेपछि आजै मतगणना सुरु गर्ने सहमति भइसकेको मुख्य निर्वाचन अधिकृत रानाभाटले जानकारी दिए।
Shares

प्रतिक्रिया