लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गएराति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।
जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूलाई बेँसीसहर नगरपालिका-८ स्थित प्रदेश अस्पताल बेँसीसहर लगेको थियो।
तर उपचारका क्रममा उनीहरूको मृत्यु भएको सूचना अधिकारी क्षेत्रीले बताए।
त्यही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया