गण्डकी


खेतमा आलु रोपिरहेका बेला गैँडाले आक्रमण गर्दा वृद्धको मृत्यु

खेतमा आलु रोपिरहेका बेला गैँडाले आक्रमण गर्दा वृद्धको मृत्यु

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर ८, २०८१ शनिबार १२:५०, त्रिवेणी (नवलपरासी)

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज (शनिबार) बिहान गैँडाको आक्रमणबाट वृद्धको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार गैँडाको आक्रमणबाट मध्यबिन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुको मृत्यु भएको हो। 

खेतमा आलु रोपिरहेका बेला थारुलाई गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad