ad ad

गण्डकी


बर्दघाट सुस्तापूर्वको नाम नवलपुर राख्न प्रधानमन्त्रीसमक्ष एमालेको माग

बर्दघाट सुस्तापूर्वको नाम नवलपुर राख्न प्रधानमन्त्रीसमक्ष एमालेको माग

नेपालखबर
भदौ २३, २०८१ आइतबार २१:१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीले जिल्लाको विकास निर्माण र भौतिक पूर्वाधार विकासका लागि ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज जिल्लाका केन्द्रीय सदस्य, पार्टीबाट गण्डकी प्रदेश सरकारमा रहेका मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितको प्रतिनिधिले सो ध्यानाकर्षण गराएका हो।

मागपत्रमा जिल्लाको नामकरण नवलपुर राखिनुपर्ने, धौवाधी फलाम खानीको उत्खनन कार्य निरन्तर हुनुपर्ने, त्रिवेणी- दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमुना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत छन्।

सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट लाग्न आह्वान पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .