ad ad

गण्डकी


चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

चुनाव सकेसँगै जाडो छल्न हिँडे मनाङवासी

फाइल फाेटाे


नेपालखबर
मंसिर १८, २०७९ आइतबार १८:४, काठमाडौँ

हिमाली जिल्ला मनाङमा जाडो बढ्दै गएपछि मनाङवासी बेँसी झर्न थालेका छन्। जाडो बढेसँगै मौसममा प्रतिकूलताले जीवनयापनमा समस्या हुँदा मनाङवासी जाडो छल्न बेँसी झर्ने गर्छन्। यस वर्ष निर्वाचनको समय परेकाले जाडो बढ्दै गएको अवस्थामा जिल्ला भित्रिएका मनाङवासी चुनाव सकिएसँगै बेँसी झरेका छन्। 

मनाङमा चिसो बढ्न थालेपछि मनाङवासी काठमाडौँ, पोखरालगायतका स्थानमा जाडो छल्न गएको प्रमख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। ‘मनाङवासी जाडोमा हिउँ पर्ने हुँदा चिसोको समस्या टार्न जिल्ला बाहिर जाने गर्छन्’, उनले भने, ‘यसपटक निर्वाचनले गर्दा अलि ढिलागरी मनाङवासी बेँसी झरेका छन्।’ 

कात्तिक मध्यबाट जिल्लावासी जाडो छल्न बेँसी जाने समय हो। तर यसपटक  निर्वाचन सकिएपछि झरेको प्रजिअ आचार्यले बताए। ‘हिउँ पर्ने समय भएको छ। चिसो खानेपानी जम्ने गर्छ। यसले गर्दा पनि बाहिर जान उहाँहरुको बाध्यता हो’,  उनले भने। 

मनाङवासी करिब चार महिनाका लागि जिल्ला बाहिर जाडो छल्न जाने गरेको आचार्य बताउँछन्। ‘खाद्यान्न ढुवानी गर्न, खानेपानी जम्ने भएकाले पनि मनाङवासी बाहिर जान बाध्य हुन्छन्’, उनी भन्छन्। यस सातासम्म पर्यटकको कम मात्रामा भए पनि आवतजावत चलिरहेको उनले बताए।

‘केही पर्यटन व्यवसायी भने यहाँ पर्यटकको आवत जावत हुँदासम्म बसोबास गर्नुहुन्छ’, उनले भने। 

पर्यटक आवतजावत रोकिएको अवस्थामा उनीहरु पनि जिल्ला बाहिर जान सक्ने सम्भावना रहेको उनले बताए। जाडो मौसममा मनाङ प्राय सुनसान रहन्छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .