ad ad

गण्डकी


जहाँ जुवातास, जाँडरक्सी र धूमपान प्रतिबन्ध

जहाँ जुवातास, जाँडरक्सी र धूमपान प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०७९ मंगलबार १२:४५, म्याग्दी

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जुवातास खेल्न, धूमपान गर्न र सुर्ती खान प्रतिबन्ध लगाइएको छ।

वडाका जनप्रतिनिधिहरूको सोमबार बसेको बैठकले जुवातास, धुमपान सेवनमा प्रतिबन्ध लगाउनुका साथै तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई जरिवाना तिराउने निर्णय गरेको छ। चुरोट, खैनी सेवनलाई  पूर्ण प्रतिबन्ध र बिहान ५ देखि साँझ ५ बजेसम्म जाँड, रक्सी खान प्रतिबन्ध लगाइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

‘तोकिएको भन्दा अन्य समय मदिरा सेवन गर्नेलाई पहिलोपटक सम्झाइबुझाई, दोस्रोपटक रु १०० र तेस्रोपटकदेखि दोब्बरका दरले जरिवाना तिराउने नियम बनाएका छौँ’, उनले भने, ‘जरिवानाबाट सङ्कलन भएको रकम फोहर र दूषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरणका लागि व्यक्तिगत तथा सामुदायिक सरसफाइ गर्ने व्यक्ति र परिवार पहिचान गरेर पुरस्कृत गर्न खर्च गर्छौँ।’

घरेलु हिंसा, विवाद, झगडाका साथै स्वास्थ्य र सामाजिक समस्याको मुख्य कारण जुवातास र मदिरा भएकाले प्रतिबन्ध लगाइएको वडाध्यक्ष छन्त्यालले बताए। जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुषलाई घरायसी, आयआर्जन र विकास आयोजनामा परिचालन गरिने कार्यपालिका सदस्य सीताकुमारी छन्त्यालले जानकारी दिइन्। 

अघिल्लो कार्यकालमा गरेको प्रयासले सामाजिक, आर्थिक सुधार, शान्ति र सद्भाव कायम राख्न सहयोग पुगेकाले आमा समूह, युवा क्लब र अगुवाहरूसँग समन्वय गरेर निरन्तरता दिइएको वडा कार्यालयले जनाएको छ। सडक यातायातको सुविधा नपुगेको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .