रोचक


मंगल ग्रहको कहिल्यै नदेखिएका तस्बिरहरु सार्वजनिक

मंगल ग्रहको कहिल्यै नदेखिएका तस्बिरहरु सार्वजनिक

नेपालखबर
असोज ४, २०७६ शनिबार ११:४४,

तस्बिरमध्ये एक तस्बिर कुकिज र आइसक्रिम जस्तो देखिएको छ।

मंगल ग्रहका नयाँ तस्बिरहरु युरोपियन स्पेस एजेन्सी एन्ड रोककोसमोस इक्जोमार्स ट्रेस ग्यास अर्बिटर क्यामराको सहयोगमा खिचिएको सीएनएनले जनाएको छ।

नर्थ पोलार क्षेत्रमा जाडो याममा कार्बनडाइअक्साइडका कारण मार्सको सतहमा बरफ जम्ने गर्दछ। गर्मी याममा उक्त बरफ बाफमा परिवर्तन हुन्छ।

फोटोमा यस्तै गतिविधिहरु देखाइएका छन्।

मंगल ग्रह सौर्यमण्डलमा पृथ्वीपछि जीवनको अस्तित्वको सम्भावना बोकेको दोस्रो ग्रहको रुपमा परिचित छ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा क्युरियोसिटी ल्यान्ड रोभर रोवोटिक यान पठाएको छ।

उक्त रोवोटिक यानले मंगलग्रहबाट त्यहाँका पर्यावरण, पानीको अस्तित्व लगायतको विषयमा अध्ययन गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .