सन्तान मृत्युको मुखबाट फर्कदा एक आमा कति खुशी हुन्छे होला? त्यसको बयान गर्न साँच्चै सकिँदैन।
इटालीमा एक डल्फिनले ठिक त्यस्तै अनुभव गरेको छ। इटालीमा माछा मार्ने जालोमा अड्किएको डल्फिनलाई माझिहरुले उद्धार गरेका छन्।
माझिहरुले सानो बच्चा डल्फिनलाई उद्धार गर्दा उसको आमाले माझिहरुलाई धेरैपटक जिम्न्यास्टिक गरेर धन्यवाद दिएको भिडियो सार्वजनिक भएको छ।
उक्त भिडियो निकै मनमोहक छ। जसबाट हामी एक आमाले मृत्युको मुखबाट बाँचेको आफ्नो बच्चा फिर्ता पाउँदा खुशी भएको अभास पाउन सक्छौं।
हालै प्रोकिडा, नेपल्सस्थित एक टापु नजिकै माझिहरु माछा मार्न गएका थिए। उनीहरुको जालोमा डल्फिनको माछा अड्किएको थाहा पाएपछि त्यसलाई छाडिदिएका थिए।
त्यसपछि आमा डल्फिनले माझिहरुप्रति कृतज्ञता प्रकट गर्दै नाचेर, उफ्रिएर, जिम्न्यास्टिक गरेर देखाएका थिए। भिडियोमा माझिहरुले तालि बजाएको पनि सुन्न सकिन्छ। एजेन्सी
(भिडियो)
प्रतिक्रिया