युरोकप फुटबलसँगै यसै प्रतियोगितासँग सम्बन्धित केही घटनाले पनि उत्तिकै चर्चा पाएको देखिएको छ।
हालै क्रिस्टियानो रोनाल्डोले पोर्चुगल र हंगेरीबीच हुने खेल अगाडिको पत्रकार सम्मेलनमा दुईवटा कोकको बोतल आफ्नो अगाडिको टेबलबाट हटाएर पानी पिउन इसारा गरेका थिए।
रोनाल्डोको प्रभाव सिधै कोकाकोला कम्पनीको सेयरमा परेको थियो। जसका कारण कोकाकोलाले ४ अर्ब अमेरिकी डलर घाटा व्यहोर्यो।
त्यसपछि फ्रान्सका मिडफिल्डर पल पोग्बाले पनि युरोकपकै पत्रकार सम्मेलनमा रोनाल्डोलेजस्तै आफ्नो टेबल अगाडिको विज्ञापन गर्न राखिएको हाइनकेन बियर हटाइदिएका थिए।
यतिबेला फेरि युरोकपकै पत्रकार सम्मेलनमा रुसका प्रशिक्षक स्टानिस्लाभ चेर्केसोभले भने टेबल अगाडि राखिएको कोक पिएका छन्।
रोनाल्डोले टेबलबाट कोक हटाएको विषयमा प्रश्न गरिँदा उनले कोक पिएका हुन्। उनको कोकको बिर्को खोल्ने तरिका हेर्दा यस्तो लाग्छ कि उनी कोकका पारखी हुन्।
(भिडिओ)
Ronaldo has started a trend, not the Russian Coach started to drink Coca Cola during the press meeting 😭😂 pic.twitter.com/67o6fPJAnl
— 💎¹⁴ 🏴 (@CoutinhoBeast) June 17, 2021(राेनाल्डाे र पाेग्बाकाे भिडिओ)
प्रतिक्रिया