ad ad

रोचक


जापानमा आश्चर्यजनक घटना : जब एक युवकले एकसाथ ३५ युवतीसँग प्रेम गरिरहेको खुलासा भयो...

जापानमा आश्चर्यजनक घटना : जब एक युवकले एकसाथ ३५ युवतीसँग प्रेम गरिरहेको खुलासा भयो...

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ६:४१,

तपाईंले एकै समय एउटा वा दुइटासम्म गर्लफ्रेन्डसँग रोमान्स गरेको घटना त देख्नु/सुन्नुभएकै होला। तर एक व्यक्तिले एकसाथ ३५ जना गर्लफ्रेन्डसँग डेटिङ गरेको खबर सुन्नुभयो भने पक्कै पत्याउन गाह्रो पर्छ।

तर जापानमा यस्तै घटना सार्वजनिक भएको छ, एक व्यक्तिले एकै समय ३५ जना गर्लफ्रेन्डसँग डेटिङ गरेका छन्।

न्युयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार एकसाथ ३५ युवतीसँग सम्बन्ध राखेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। उनको नाम ताकासी मियागावा हो भने उमेर ३९ वर्ष।

यो घटनाको खुलासा बडो रोचक ढंगले भएको छ।

यसरी सुरु भयो कथा
रिपोर्टअनुसार ताकासी मियागावाका पहिली गर्लफ्रेन्डले उनलाई गिफ्ट दिइन्, जुन उनलाई निकै राम्रो र विशेष लाग्यो। त्यसपछि उनमा गिफ्टप्रति लालसा बढ्यो। धेरै गिफ्ट पाउने चक्करमा उनले नयाँ-नयाँ गर्लफ्रेन्ड बनाउन थाले। केही दिनमै उनको गर्लफ्रेन्डको संख्या ३५ पुग्यो। रोचक कुरा त के छ भने उनले नयाँ गर्लफ्रेन्ड बनाउँदै जाँदा पुराना गर्लफ्रेन्डलाई पनि त्यागेनन्।

उनले सबै गर्लफ्रेन्डसँग डेटिङ जारी राखे। सबैसँग आफ्नो बर्थडे मनाइरहे, अलग-अलग जन्ममिति बताएर। अनि लिए महँगा-महँगा गिफ्ट।

उनले आफ्नो बर्थडे कसैलाई फेब्रुअरी २२, कसैलाई अप्रिल ७, कसैलाई जुलाई १९ त कसैलाई डिसेम्बर २१ बताए। तर उनको वास्तविक जन्ममिति नोभेम्बर १४ तारिख रहेछ। 

यसरी अलग-अलग जन्ममिति भनेर उनले ३५ गर्लफ्रेन्डसँग फरक-फरक दिन जन्मदिनको पार्टी मनाए र महँगा-महँगा गिफ्ट हात पारे।

पहिले व्यावसायिक र पछि व्यक्तिगत सम्बन्ध बनाउँथे
प्रहरीका अनुसार ताकासी मियागावा पार्टटाइम कामदार हुन्, जसले घरघरमा गएर सामान बेच्छन्। उनले ती सबै ३५ महिलालाई एक मार्केटिङ कम्पनीमार्फत भेटेका थिए। यी सबै महिलालाई उनले आफ्ना सामान बेचे र पछि गर्लफ्रेन्ड बनाए।

यसरी भयो खुलासा
एकदिन एक महिलाले मियागावाले आफूलाई धोका दिइरहेको छनक पाइन् र प्रहरीलाई उजुरी दिइन्। जब प्रहरीले अनुसन्धान थाल्यो, तब आश्चर्य लाग्ने घटना खुलासा भयो।

अर्थात् उनलाई ब्वाइफ्रेन्ड दाबी गर्न एकसाथ ३५ गर्लफ्रेन्ड देखापरे। जो लगभग सबै अविवाहित हुन्। सबैलाई उनले झुटो मायाजालमा पारेर विवाह गर्ने आश्वासन दिएका रहेछन्। त्यसपछि प्रहरीले उनलाई गिरफ्तार गरेको हो। जसलाई सञ्चारमाध्यमले ‘जापानी रोमियो’ नाम दिएका छन्।

प्रहरीका अनुसार ती सबै युवतीले उनलाई एक से एक महँगा गिफ्ट दिएको पाइएको छ। जसमा कपडा, महँगा सामान, गाडी र नगदसमेत छन्। आरोपित व्यक्तिको कुनै निश्चित ठेगाना पनि नरहेको पाइएको छ। प्रहरीले उनलाई ३५ युवतीलाई विवाह गर्ने आश्वासन दिएर धोका दिएको आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .