महामारीले घरमै बसेर काम गर्ने विकल्प दिएपछि मानिसहरु विभिन्न भिडिओ एपमार्फत् यस्ता वैठकमा सहभागी हुन्छन्।
मानिसहरु घरमै भिडिओमार्फत् अफिसका वैठक, सभा, सम्मेलनमा समावेश हुन्छन्।
यसका साथै भिडिओ वैठक यतिबेला एक देशदेखि अर्को देशबीचका नेताबीच पनि संचारको माध्यम बनेको छ।
यस क्रममा भारतमा भिडिओ वैठकबारे नै एउटा भिडियो भाइरल बनेको छ।
जिन्युजका अनुसार भिडिओ वैठकमा बोलिरहेका एक व्यक्तिलाई उनकी श्रीमतीले चुम्बन गर्न खोजेको भिडिओ भाइरल बनेको हो।
(भिडिओ)
#Perils of #WorkFromHome#WFH
As received on whatsapp. pic.twitter.com/dVpQ7CSTJf
भिडिओमा देखिएअनुसार ती व्यक्ति भिडिओ वैठकमा व्यस्त हुन्छन्। केहीबेरमै उनकी श्रीमती त्यहाँ आइपुग्छिन् र उनलाई चुम्बन गर्न खोज्छिन्।
चुम्बन गर्न खोज्दा ती व्यक्ति पर सरेको देखिएको छ र क्यामेरा अन भएको बताएपछि महिला लजाएको देखिएको छ।
हाल मानिसहरुले विभिन्न प्रतिक्रिया जनाइरहेका छन्। घरबाटै काम गर्दा अथवा भिडिओ वैठकमा समावेश हुँदा यस्ता किसिमका समस्या सामान्य भएको मानिसहरुले बताइरहेका छन् भने केहीले महिलाको प्रशंसा गर्दै ती महिला श्रीमानलाई माया गर्ने व्यक्ति भएको बताएका छन्।

प्रतिक्रिया