ब्राजिलका एक लाकुपदार्थ तस्कार महिलाको अवतारमा पक्राउ परेका छन्।
रियो दि जेनेरियोको एक कारागारमा लागुपदार्थ तस्करीमा जेल सजाय कटाइरहेका ती व्यक्ति महिलाको अवतारमा जेलबाट भाग्न खोज्दा पक्राउ परेका हुन्।
ब्राजिलका प्रहरीले एक भिडियो सार्वजनिक गरेको छ। जहाँ ती ४२ वर्षमा व्यक्ति महिलाको नक्कली अवतारमा देखिएका छन्।
उनी क्लाभिनो डा सिल्भा भएको बताइएको छ। सिल्भा ७३ वर्षको जेल सजाय भोगिरहेका छन्।
दश वर्षमात्र जेल सजाय काटेका सिल्भा भेट्नलाई उनका १९ वर्षकी छोरी आएकी थिइन्। छोरीले नै सिल्भालाई महिलाको अवतारका सामाग्रीहरु ल्याइदिएको प्रहरीले बताएका छन्।
सिल्भाकी छोरीसमेत कारवाहीको घेरामा भएको बताइएको छ।
सिल्भाले महिला बन्न प्रयोग गरेका सामाग्री लगाउँदा उनी झन्डै छोरीजस्तै देखिएको प्रहरीले बताएको छ।
तर हिँडाई र शरीरको बनावट अस्वभाविक भएपछि प्रहरीे उनलाई पक्राउ गरेको हो।
भिडियोमा उनले प्रयोग गरेका समाग्रीहरु खोल्न लगाइएका छन्। एजेन्सी
(भिडियाे)
Shares
प्रतिक्रिया