ad ad

रोचक


लकडाउनको बेला एक वृद्धाले ९० वर्षका श्रीमानलाई ४५ वटा प्रेमपत्र लेखिन्

लकडाउनको बेला एक वृद्धाले ९० वर्षका श्रीमानलाई ४५ वटा प्रेमपत्र लेखिन्

नेपालखबर
चैत १८, २०७६ मंगलबार ११:५३,

यसबीचमा ८५ वर्षकी चिनियाँ वृद्धा हुवाङ ग्वकीले अस्पतालमा रहेका अफ्ना श्रीमानलाई भेट्न पाइनन्।

चीनका अन्य शहरजस्तै हाङझाउ शहर पनि लकडाउने ठप्प थियो। सबै मानिसहरुलाई घरमै बस्न भनिएको थियो।

सोही शहरकी हुवाङले लकडाउनको समयमा श्रीमानलाई भेट्न नपाएपछि प्रेमपत्रमार्फत संचार गरिन्।

९० वर्षका श्रीमान सन स्वासप्रस्वासका बिरामी हुन्। उनलाई गत वर्षदेखि अस्पताल भर्ना गरिएको छ। कोरोनाको संक्रमण भने उनलाई भएको छैन।

यसअघि हुवाङ पनि बिरामी थिइन्। उनलाई पनि श्रीमान भर्ना भएको अस्पताल नै भर्ना गरिएको थियो। तर स्वस्थ भएपछि उनी घर फर्किइन्। श्रीमान अझै अस्पतालमै छन्।

हुवाङ श्रीमान सन भेट्न सँधै अस्पताल जान्थिन्। तर लकडाउनपछि उनी अस्पताल जान पाइनन्।

During the lockdown, granny Huang, also a patient in the hospital, continued to wait by the gate of the ICU wards on the dot daily to ask a nurse to give grandpa Sun a love letter

यो ५५ दिनको अवधिमा हुवाङले श्रीमान सनलाई ४५ वटा प्रेमपत्र लेखिन्। जसले अस्पतालका डाक्टर र नर्सहरु नै चकित बने।

हुवाङको एक पत्रमा लेखिएको छ,‘प्रिय श्रीमान म सन्चै छु। मेरो चिन्ता नगर्नु। हाम्रो छोराहरु र नातिहरु घरमै सबै सन्चैछन्। नर्सले भनेको कुराहरु राम्रोसँग मान्नु, चाँडै निको हुन उनीहरुलाई सहयोग गर्नु। अनि हामी चाँडै फेरि एक हुनेछौं।’

श्रीमान सनले पनि पत्रमार्फत नै आफ्नी श्रीमानी हुवाङलाई आफू स्वस्थ भएको खबर लेख्ने गरेको जनाइएको छ।

हुवाङले पत्रसँगै श्रीमानका लागि किबी फल पठाउँथिन्। यतिबेला फेरि उनीहरु एक भएका छन्। आफूहरु एकअर्कालाई असाध्यै माया गर्ने दुवै बताउँछन्। एजेन्सी

Whenever grandpa Sun received granny Huang's letter, he would read it over and over again before folding the letter carefully and hid it under his belt for safekeeping, medics said

The letter on the left cited a romantic Chinese poem to help Ms Sun keep up his spirit. It read: 'Dear husband, I am using the famous lines from an ancient poet to tell you how much I have missed you. I hope you can receive the treatment with peace of mind'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .