ad ad

रोचक


कोरोनाले खेलकुदका गतिविधि ठप्प हुँदा इन्टरनेटमा ‘मार्बल रेसिङ’ प्रचलित

कोरोनाले खेलकुदका गतिविधि ठप्प हुँदा इन्टरनेटमा ‘मार्बल रेसिङ’ प्रचलित

नेपालखबर
चैत ४, २०७६ मंगलबार ७:१४,

मार्च ३१ सम्म स्पेनिस ला लिगा, इटालिएन सिरि ए फुटबल लिग स्थगित भएका छन् भने इंग्लिस प्रिमियर लिग अप्रिल ३ सम्म स्थगित गरिएको छ।

यसबाहेक एनबीए, बक्सिङ, च्याम्पियन्स लिग, मोटो रेसिङ सबै विधाका खेलहरु ठप्प छन्।

हालसम्म १ सय ५० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिसकेको छ। यस भाइरसबाट १ लाख ८० हजारभन्दा बढी संक्रमित बनिसक्दा ७ हजार बढीले ज्यान गुमाएका छन्।

भीड र समूहमा कोरोना चाँडै फैलने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि विश्वभरका खेलकुद गतिविधि ठप्प भएका हुन्। मानिसहरुले मनोरन्जनका लागि खेल हेर्न पाइरहेका छैनन्।

यसबीचमा इन्टरनेटमा ‘मार्बल रेसिङ’ प्रचलित बनेको छ। यो खेललाई इन्टरनेट प्रयोगकर्ताले शारीरिक खेलको विकल्पमा मनोरन्जनका लागि प्रचलनमा ल्याएका हुन्।

मोटो रेसिङजस्तै इन्टरनेटमा हाल चर्चित बनेको मार्बल रेसिङमा कमेन्टेटरले को अगाडि बढ्दैछ भनेर उद्घोष गरेको सुन्न सकिन्छ।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .