६२ वर्षका जर्ज हुडले ‘द लङ्गेस्ट मेल एब्डोमिनल प्ल्याङ्क’ मा पहिलेको रेकर्ड तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम लेखाउन सफल भएको बीबीसीले जनाएको छ।
उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ वेइन्दोङले कायम गरेको आठ घण्टा एक मिनेटको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएका हुन्।
‘प्ल्यांक’ एक गाह्रो व्यायामको प्रकार हो। यो व्यायाम खासगरी पेट घटाएर एब्स निकाल्न गरिन्छ।
विश्व किर्तिमानी कायम गरेसँग हुडले आफूले रेकर्ड राख्न कै लागि २१०० घण्टा प्ल्याङ्कको तयारी गरेको बताए।
रेकर्ड तोडेपछि उनले ७५ पटक पुसअप पनि गरेका थिए।
प्रतिक्रिया