सन् २००२ को फेब्रुअरी १४ भ्यालेन्टाइन डेको दिन इसोबेलकी गर्भवती आमा निकोला विटनस्थित मिल पबमा मदिरा पिउन पुगेकी थिइन्।
सोही पबमा इसाबेलको जन्म भएको थियो। त्यसपछि सन् २००६ मा इसाबेलको परिवार क्यानडा, भ्यानकुभर बसाइसराईको सिलसिलामा पुगे।
इसाबेल १८ वर्षको हुँदै थिइन्। उनलाई आफ्नो जन्मदिन विशेष तबरले मनाउने रहर जाग्यो। जब उनले आफू बेलायतको पबमा जन्मिएको थाहा भयो। उनले आफ्नो जन्मस्थलमा मदिराको पहिलो चुक्सी लिने इच्छा जाग्यो।
उनले आफ्नो इच्छा पुरा गरि छाडिन्। इसाबेल क्यानडाबाट बेलायत हालै ८ हजार ६७८ माइलको दुरी पार गर्दै मदिराको पहिलो चुस्की लगाउन मिल पबमा पुगिन्।
इसाबेलका पिता निलले पनि आफ्नी छोरीले जन्मेको स्थानमै वैधानिक रुपमा पहिलो मदिराको चुक्सी लगाउन भन्ने चाहेका थिए।
इसाबेलले जन्मिएको स्थानमा मदिराको पहिलो चुस्की लगाउन पाउनु आफ्नो जीवनकै अविस्मरणीय क्षण भएको प्रतिक्रिया जनाएकी छिन्। बीबीसी
पिता निलसँग इसाबेल
प्रतिक्रिया