ad ad

रोचक


एक व्यक्तिले लगाए कोभिडविरुद्धको २१७ वटा खोप, नतिजा यस्तो

एक व्यक्तिले लगाए कोभिडविरुद्धको २१७ वटा खोप, नतिजा यस्तो

नेपालखबर
फागुन २४, २०८० बिहिबार १४:४,

एक जर्मन नागरिकले २९ महिनाको अवधिमा २१७ वटा कोभिडविरुद्धको खोप लगाएका छन्। सरकारले गरेको सिफारिस लत्याउँदै उनले यति धेरै खोप लगाएको एक अध्ययनले खुलासा गरेका छन्। 

यो भनेको हरेक चार दिनमा एक खोप हो। उनी ६२ वर्षीय पुरुष हुन्। ती व्यक्तिको नाम खुलाइएको छैन।

यसले लगातार एउटै भाइरसविरुद्धको खोप लगाइरहँदा प्रतिरक्षा प्रणालीमा कस्तो असर पर्ला, त्यसको प्रत्यक्ष उदाहरण उनी बनेका छन्। 

ल्यान्सेट इन्फेक्सिअस डिजिजेज् नामक जर्नलमा सोमबार प्रकाशित सो अध्ययनमा यति धेरै खोप लगाए पनि ती व्यक्तिमा नकारात्मक नतिजा नदेखिएको उल्लेख छ। यसले उनको प्रतिरक्षा प्रणाली धेरै सुधार पनि नगरेको र त्यसलाई खराब पनि नबनाएको बताइएको छ।

ती व्यक्तिले जुन २०२१ देखि नोभेम्बर २०२३ सम्ममा २१७ खोप लगाएको बताएका थिए। तीमध्ये १३४ वटा खोप लगाएको कागजातबाटै प्रमाणित भएको छ। बाँकी ८३ वटा लगाएको उनी आफैँले बताएका थिए।

ती व्यक्तिले २०२२ को जनवरीमा सबैभन्दा ज्यादा खोप लगाएका थिए। उनी जहाँ खोप केन्द्र छ, त्यहाँ पुगेर बाहुला माथि सार्थे र खोप लगाउँथे। त्यसरी त्यो महिना उनले ४८ वटा खोप लगाएका थिए।

फेब्रुअरीमा उनले ३४ र मार्चमा ६ वटा खोप लगाए। त्यसपछि जर्मन रेडक्रसका स्टाफहरुले शंका लागेर अन्य खोप केन्द्रमा ती व्यक्ति देखिए प्रहरीलाई खबर गर्न भनेका थिए। 

मार्चमा अर्को खोपकेन्द्रमा पुगेपछि प्रहरीले उनलाई पक्रेका थियो। खोपको प्रमाणपत्र अरुलाई बेचेको शंकामा उनलाई समातिएको थियो। त्यसपछि अध्येताहरु उनीसम्म पुगेका थिए। त्यसपछि उनले चार वटा खोप गुपचुप लगाएको बताइएको छ।

यसको कुनै प्रतिकुल असर नपरेको उनले बताएका छन्। उनले बारम्बार गराएको पीसीआर परीक्षणको नतिजा हेर्दा हालसम्म उनलाई कोभिड संक्रमण भएको छैन।

चिकित्सकहरु भने ज्यादा खोप लगाउँदैमा प्रतिरक्षा शक्ति नबढ्ने बताउँछन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .