ad ad

रोचक


ट्रम्पले हात नमिलाएपछि सभामुख पेलोसीले ट्रम्पको भाषणपत्र च्यातिन् (भिडियो)

ट्रम्पले हात नमिलाएपछि सभामुख पेलोसीले ट्रम्पको भाषणपत्र च्यातिन् (भिडियो)

नेपालखबर
माघ २२, २०७६ बुधबार ८:४०,

प्रतिनिधि सभाको मंगलबारको वैठकमा पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन्। हात अगाडि बढाउँदा ट्रम्पले हात नमिलाएपछि पेलोसीले ट्रम्पकै पछाडि भाषण च्यातिदिएकी हुन्।

यस घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा “स्टेट अफ दी यूनियन” नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै सभामुख पेलोसीले ट्रम्पको भाषणको प्रतिलाई दुई टुक्रा पारेकी थिइन्।

राष्ट्रपतिले भाषण समाप्त गरेर हिँड्न लाग्दा पेलोसीले उक्त कागज तीन चार टुक्रा पारेको टेलिभिजन फुटेजमा देखिएको छ।

उक्त घटनापछि संसद भवन क्यापिटलमा संवाददातासँग कुरा गर्दै सभामुख पेलोसीले भनिन्, “राष्ट्रपतिको भाषण झुठको पुलिन्दा हो।”

सभामुखले राष्ट्रपतिको सम्बोधन भाषणको कपी च्यात्ने कुनै पूर्व योजना नरहेको पेलोसीका निकटवर्तीले नाम नभन्ने शर्तमा बताएका छन् ।

रिपब्लीकन पार्टीका सांसदहरुले भने सभामुखको रबैया निन्दनीय रहेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले संसदमार्फत राष्ट्रका नाममा गरेको सम्बोधनमा अमेरिकाले आफ्नो शासनकालमा व्यापक प्रगति गरेको, आर्थिक सुधार भएको, विदेश नीति सफल रहेको, आतंकवाद विरुद्धका कैयौं अभियानमा सफलता हासिल भएको, अमेरिकी सेनाको क्षमता बढेको, स्वास्थ्य र शिक्षाका क्षेत्रमा प्रगति भएको, अनधिकृत आप्रवासन घटेको लगायतका दाबी गरेका थिए।

ट्रम्पले डमोक्रेटिक सांसदको बहुमत भएको प्रतिनिधि सभामा आफूमाथि महाअभियोग लगाइएको विषयमा बोल्नु पर्ने थियो।

गत डिसेम्बरमा प्रतिनिधि सभाबाटै ट्रम्पमाथि महाअभियोग लागेको थियो। सिनेटमा ट्रम्पमाथि महाअभियोग लगाउने नलगाउने विषयमा निर्णायक मतदान हुन बाँकी छ।

सिनेटमा रिपब्लिकन सांसदको बहुमत भएकाले ट्रम्पमाथि महाअभियोग नलाग्ने र उनको राष्ट्रपति पद जोगिने निश्चित भएको अमेरिकी अधिकारीहरु बताउँछन्।

(ट्रम्पले हात मिलाएनन्)

मंगलबार रिपब्लिकन सांसदले प्रतिनिधि सभामा ट्रम्पमाथि महाअभियोग नलाग्ने र उनी अर्को कार्यकालको लागि राष्ट्रपति बन्ने भनेर नारा लगाएका थिए।

डेमोक्रेटिक पार्टीकी सभामुख पेलोसी ट्रम्पको कट्टर विरोधी मानिन्छिन्। पेलोसीले सुरुवातदेखि ट्रम्पको विरोध गर्दै आएकी छिन्।

ट्रम्पलाई महाअभियोग लगाउने विषयमा पेलोसीले जोडका आवाज उठाउँदै आएकी थिइन्।

(पेलोसीले भाषणपत्र च्यातिन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .