ad ad

रोचक


ट्रम्पले किमलाई साेधे: के म उत्तर कोरियाको सीमा पार गर्न सक्छु?

ट्रम्पले किमलाई साेधे: के म उत्तर कोरियाको सीमा पार गर्न सक्छु?

नेपालखबर
असार १५, २०७६ आइतबार ८:३९,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामा पाइला टेक्न अनुमति मागेका छन्।

आफूले उत्तर कोरियाली नेता किम जोङ उनलाई उनको देशको भूमिमा पाइला टेक्न अनुमति मागेको आइतबार पत्रकार सम्मेलनमा बताएका हुन्।

आइतबार किम र ट्रम्पबीच कोरियाली सीमा क्षेत्रमा भएको महत्वपूर्ण छलफल अगाडि ट्रम्पले उत्तर कोरियाली भूमिमा पाइला टेकेका थिए।

सीएनएनका अनुसार ट्रम्पले उत्तरको भूमिमा २० पाइला चालेका थिए। राष्ट्रपति पदमा बहाल रहँदै उत्तरको भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति भएको जनाइएको छ।

उत्तरको सीमामा पाइला टेक्न अगाडि ट्रम्पले किमलाई भनेका थिए,‘के म तपाइँको देशको सिमा पार गर्नसक्छु?

किमले उत्तरमा भने,‘मैले आफूलाई सम्मानित भएको महशुस गर्नेछु।’ त्यसपछि दुवैले उत्तर कोरियातर्फ पाइला चालेका थिए।

 भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .