ad ad

रोचक


अब एआई बन्नेछिन् प्रेमिका, प्रतिमिनेट १ डलर तिरेर गर्न सकिन्छ प्रेम र यौनका कुरा

अब एआई बन्नेछिन् प्रेमिका, प्रतिमिनेट १ डलर तिरेर गर्न सकिन्छ प्रेम र यौनका कुरा

नेपालखबर
जेठ १, २०८० सोमबार ९:२४, काठमाडौँ

संसारले छोटो समयमा प्रविधिमा विशाल फड्को मार्दै गर्दा अहिले जीपीटी चर्चामा छ। चित्र बनाउने, किताब लेख्ने, सारांश तयार गर्ने, इमेल लेख्ने, शुद्धाशुद्धी हेरिदिनेदेखि इतिहास र सामान्य ज्ञानको जानकारी सम्म यसले दिन्छ।

उसो त यसले मानिसको क्रियटिभिटी नष्ट गरिदिने र संसारभर धेरैलाई बेरोजगार बनाइदिने बहस पनि भइरहेका छन्। गोल्डम्यान साक्स अर्थशास्त्रीले गरेको अध्ययनले त यस्ता एआईले ३० करोड मानिसको पूर्णकालीन जागिर खान सक्ने दाबी पनि गरिएको छ।

तर यति मात्रै होइन, अब एआईलाई नै प्रेमिका पनि बनाउन सकिनेछ। अमिरेकी नागरिक केरिन मार्जोरीले आफ्नो एआई अवतार बनाएकी छन्। पछिल्लो समय चर्चामा रहेकी उनी मिडियामा काम गर्ने व्यक्ति हुन्।

२३ वर्षीया केरिनले आफ्नो एआई रूप बनाएर एआई प्रेमिकाको जागिर खाइरहेकी छन्। 

उनको एआई अवतारका अहिले १ हजार बढी प्रेमी छन्। जहाँ उनी व्यवसायिक रूपमा पैसा लिएर पुरुषहरूसँग डेट गर्छिन्।

एआई केरिन घण्टौँसम्म पुरुषसँग प्रेम र यौनका कुरा गर्छिन्।

उनले आफ्नो एआई अवतार बनाउन च्याटजीपीटी फोरको एपीआई प्रयोग गरेकी छन्। उनले आफ्नै केरिन एआई नामको प्लेटफर्म पनि बनाएकी छन्।

उक्त एआई युवतीले पुरुषसँग भावानात्मक कुरा गर्छिन्। उक्त केरिन एआईले मानिस जस्तै भावनात्मक कुरा गर्ने र भावानात्मक सम्बन्ध गाँस्ने दाबी गरिएको छ।

यसको बेटा भर्सन सुरु भएपछि अहिले पुरुषसँग गफ गरेको प्रतिमिनेट १ डलर शुल्क लिन थालिएको छ। यही एआईबाट केरिनले ७७१ हजारभन्दा बढी डलर आयआर्जन गरिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .