ad ad

रोचक


गुफामा एक्लै ५ सय दिन बिताएकी यी महिला

गुफामा एक्लै ५ सय दिन बिताएकी यी महिला

नेपालखबर
बैशाख २, २०८० शनिबार १७:१५,

एक स्पेनी महिलाले ५ सय दिन गुफामा एक्लै बिताएकी छन्। कुनै मानिससँग सम्पर्क नगरी उनले यति लामो समय बिताएकी हुन्। जुन आफैँमा कीर्तिमान बन्न सक्ने बताइएको छ।

साहसिक खेलमा रमाउने बेट्रिस फ्लेमिनी स्पेनी प्रान्त ग्रेनाडामा रहेको एक गुफामा प्रवेश गरेकी थिइन्। त्यतिबेला रुसले युक्रेनमाथि आक्रमण गरेको थिएन। विश्व कोभिड महामारीबाट आक्रान्त थियो।

‘म अझै पनि २१ नोभेम्बर २०२१ मा रोकिएकी छु। दुनियाँबारे मलाई केही पनि थाहा छैन,’ गुफाबाट निस्केपछि उनले भनिन्।

गुफामा पस्दा उनी ४८ वर्षकी थिइन्। बाहिरिँदा ५० की। २३० फिट (७०) मिटर गहिरो गुफामा उनले आफ्नो समय कसरत, चित्रकारी र टोपी बुनेर बिताइन्। यो समयमा उनले उनले ६० वटा किताब पढिन् भने हजार लिटर पानी पनि पिइन्।

यो वैज्ञानिकहरुले निगरानी गरिरहेको एउटा प्रयोग थियो। उनलाई मनोचिकित्सक, अध्येता, गुफा विज्ञलगायतले निगरानी गरेका थिए। तर, उनीसँग सम्पर्क भने कसैले गरेन।

‘म डेढ वर्ष आफैँसँग बाहेक कसैसँग बोलिनँ,’ बाहिर निस्केपछि उनले भनिन्। 

उनलाई सहारा दिएर उभ्याइएको थियो। डेढवर्षदेखि ननुहाएको भन्दै उनी नुहाउन गएकी थिइन्।

सुरुमा दिन गन्न थालेको तर पछिबाट छाडेको उनले बताइन्। झिंगाले आक्रमण गर्दा सबैभन्दा बढी कठिन भएको र बेलाबखत भ्रान्ति हुने गरेको पनि उनले सुनाइन्।

विज्ञहरुले यसबाट सामाजिक आइसोलेसनको असरबारे अध्ययन गरेको बताइएको छ।

यसक्रममा उनले गुफामा सबैभन्दा लामो समय एक्लै बिताएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हुनसक्ने बताइएको छ। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .