ad ad

रोचक


भेनेजुएलामा कागजभन्दा पैसा सस्तो भएपछि हस्तकलाको सामग्री बनाएर सजाइँदै

भेनेजुएलामा कागजभन्दा पैसा सस्तो भएपछि हस्तकलाको सामग्री बनाएर सजाइँदै

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:७,

कोलम्बियाको सान्ता मार्ता सहरको सडकमा भेनेजुएलाको नोट बोलिभारको माग अत्यन्त उच्च छ। तर, त्यसबाट सामग्री कोही पनि किन्दैनन्। किनभने बोलिभार भाउविहीन छ।

भेनेजुएलाबाट कोलम्बिया आएका हेक्टर कोर्डेरो यी नोट वालेट, झोलाजस्ता हस्तकलाका सामग्री बनाउँछन् र पर्यटकहरुलाई बेच्छन्।

कोर्डेरो सानो सिक्का राख्ने थैलो बनाउन बोलिभारको ७० वटा नोट प्रयोग गर्छन्। अलि ठूलो वालेट बनाउन सय वटा र झोला बनाउने १२ सय वटा नोट चाहिन्छ। यस्ता १६ वटा सामग्री बनाएर उनले बेच्न राखेका छन्।

हजारको नोटबाट बनाइएको सामग्री उनी १२ डलरमा बेच्छन्। काराकासको सडकमा यस्तै गरी बेच्न राखिएको नोटको सामग्री देखेर उनले यो तरिका सिकेका हुन्।

भेनेजुएलामा राजनीतिक उथलपुथल आएसँगै पैसाको भाउ गिरावट आएको छ। पैसा लिएर बजार जाँदा कुनै सामग्री किन्न नसकिने भएपछि भेनेजुएलाका बासिन्दाले त्यसको कलात्मक सामग्री बनाएर सजाउन थालेका छन्।

भेनेजुएलामा अहिले बोलिभारको प्रयोग लगभग समाप्त भइसकेको छ। मानिसहरु डलर, युरो र क्रिप्टोकरेन्सीको प्रयोग गर्छन्।

भेनेजुएलाको अर्थतन्त्र विस्तारै डलरीकरण भइरहेको छ। सुपरमार्केटको कारोबार पनि डलरमै हुन थालेको छ। निकोलस मदुरोको सरकारले पनि डलरको प्रयोगलाई नै प्रोत्साहित गरेको छ।

तर, गरिबहरुको पहुँच विदेशी मुद्रामा नभएपछि उनीहरु मुलुक छोडेर हिँडिरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .