६ हजार वर्षअघि डेनमार्कमा एउटी केटी बस्थिन्। उनको आँखा नीलो थियो, छाला र कपाल कालो। देहत्याग गर्नुभन्दा पहिले उनले कटुस र हाँसको मासु खाएकी थिइन्।
प्रश्न उठ्छ, ढुंगेयुगको कुरा अहिले कसरी थाहा भयो?
उत्तर हो, उनले त्यतिबेला खाएको चुइंगमबाट पत्ता लागेको हो। त्यसबेलाको चुइंगम अर्थात्, बर्च वृक्षको चोप, जसलाई ढुंगेयुगका मानिसहरु केही टाँस्न प्रयोग गर्थे र चपाउँथे पनि।
अचम्म मान्नु पर्दैन, पछिल्लो समय विकसित डीएनए प्रविधिले यो सम्भव बनाएको छ।
५ हजार ७ सय वर्षपहिले ती महिलाले चपाएको रुखको चोप फेला परेपछि त्यहाँबाट उनको डीएनए निकालिएको थियो। जसबाट उनको सम्पूर्ण जिनेटिक कोड अर्थात् जिनोम पत्ता लगाइएको थियो।
हाडभन्दा अन्य स्रोतबाट प्राचीन मानवको जिनोम पत्ता लागेको यो पहिलो घटना हो।
यो सूचनाबाट त्यतिबेलाका मानिसको वंश, जीवन र स्वास्थ्यबारे महत्वपूर्ण जानकारी पाइने अध्येताहरुले बताएका छन्।
यो अध्ययन नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित छ।
ती महिलाको शरीरमा दूध नपाचाउने अध्येताहरुको भनाइ छ। पछि पशुपालन सुरु भएर दूध खान थालेपछि मात्रै मानिसमा दूध पचाउने क्षमता विकसित भएको सिद्धान्तलाई यसले पुष्टि गरेको छ। एजेन्सी
प्रतिक्रिया