ad ad

रोचक


‘पति कसरी मार्ने?’ भन्ने निबन्ध लेख्ने महिला नै पति हत्यामा दोषी ठहर

‘पति कसरी मार्ने?’ भन्ने निबन्ध लेख्ने महिला नै पति हत्यामा दोषी ठहर

नेपालखबर
जेठ १५, २०७९ आइतबार १३:४६, काठमाडौँ

अमेरिकामा पतिलाई कसरी मार्ने भनेर निबन्ध लेख्ने एक महिला आफ्नै पतिको हत्यामा दोषी भेटिएकी छिन्।

अमेरिकाको ओरेगनस्थित पोस्टल्याण्ड सहरकी ७१ वर्षीया नान्सी क्राम्पटन ब्रोफी आफ्ना पति ड्यानिअल ब्रोफीको हत्यामा दोषी पाइएकी हुन्। 

सन् २०१८ को जुन २ मा ड्यानिअल ब्रोफीको हत्या भएको थियो। प्रहरीका अनुसार उनलाई दुईपटक गाली हानिएको थियो। उनका विद्यार्थीहरुले उनको शव फेला पारेका थिए। 

क्राम्पटन ब्रोफीले सन् २०११ मा पतिलाई कसरी मार्ने भन्ने विषयमा विभिन्न विकल्पसहितको निबन्ध लेखेकी थिइन्। 

अदालतमा क्राप्टन ब्रोफीले आफूले पतिलाई मार्नुपर्ने कुनै कारण नभएको बताएकी थिइन्।

यद्यपि अभियोजकले भने उनीहरु आर्थिक समस्याबाट गुज्रिरहेको कारण जीवन बिमाको पैसा पाउनका लागि पतिको हत्या गरेको आरोप लगाएका थिए।

क्रम्पटनले भने आफूहरुको आर्थिक समस्या आफ्ना पतिको अवकाशको रकमले पूरा भइसकेको दाबी गरेकी थिइन्। 

अभियोजकहरुका अनुसार क्राम्पटन ब्रोफीले आगामी किताबको लागि लेखेको योजनाअनुसार नै उनले पतिको हत्या गरेको उल्लेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .