ad ad

रोचक


दाइजोमा उपहार पाएको खेलौना पड्कियो, बेहुला गम्भीर घाइते

दाइजोमा उपहार पाएको खेलौना पड्कियो, बेहुला गम्भीर घाइते

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ११:५७, काठमाडौँ

विवाहमा आफ्ना साथीहरु तथा  परिवारको दिएको उपहार खोल्न मानिसहरु निकै उत्साहित हुन्छन्। तर, भारतको गुजरातमा एक नवविवाहित जोडीले उपहारमा पाएको खैलौना नै दु:खको कारण बन्न पुगेको छ।

भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उपहारमा पाएको खेलौना चार्ज क्रममा पड्किएको हो। यो विष्फोटमा परी बेहुला र उनका भतिज गम्भीर घाइते भएका छन्। उक्त उपहार बेहुलीकी दिदीको पूर्व प्रेमीले दिएको हुन सक्ने आशंका छ।

इन्डिया टिभी न्युजका अनुसार दक्षिणी गुजरातको भावसारी जिल्लाको वान्स्डा तालुकाको गंगापुरमा यो घटना भएको हो। नवविवाहित जोडीले आफ्ना साथी, आफन्त र शुभेच्छुकहरुबाट थुप्रै उपहार पाएका थिए। 

मंगलबार बिहान बेहुला र उनका भतिजले विवाहमा आएको उपहारहरु हेरिरहेका थिए।

सोही क्रममा उनीहरुले एउटा गिफ्ट चार्ज गर्न सकिने खेलौना पाएका थिए। त्यसपछि उनीहरुले खेलौनाले कसरी काम गर्छ भनेर हेर्नको लागि चार्ज गर्ने प्रयास गरेका थिए। सोही क्रममा खेलौना पड्किएको हो। 

विष्फोटपछि बेहुला र उनका भतिज दुवै गम्भीर घाइते भएका छन्। अहिले उनीहरु दुवैको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।

पछि बेहुलीका परिवारले उक्त उपहार बेहुलीकी दिदीका पूर्व प्रेमीले दिएको पत्ता लगाएका थिए। प्रहरीले यस विषयमा दुईजनालाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .