कोभिड–१९ को संक्रमण शून्यमा झार्न चीन सरकारको रणनीतिको कारण धेरै चिनियाँले विभिन्न किसिमको सास्तीको सामना गर्नुपरेको छ।
यसैबीच १३ वर्षीय बालक आफ्नो घरमा ६६ दिनदेखि एक्लै थुनिएका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार अभिभावकहरु लकडाउनको कारण सांघाईमा अड्किएपछि बालक ६६ दिनसम्म घरमा एक्लै परेका हुन्।
जियाङ्सु प्रान्तको कुन्सान घर भएका अभिभावकहरु आफ्ना बाबुको उपचारको लागि फेब्रुअरी २८ मा सांघाई गएका थिए। यद्यपि उनीहरु अप्रिलको अन्तिममा मात्र फर्किन पाए।
१३ वर्षीय बालक उक्त अवधिमा एक्लै घरमा बसे। साथै उनले घरमा पालेर राखिएको बिरालो र कुकुरको पनि ध्यान राखेका थिए।
बालककी झु नाम गरेकी आमाका अनुसार मार्चको केही समय उनले बालकका लागि खाना अर्डर गरिदिने गर्थिन् तर अप्रिलमा बालक बस्ने घर नै लकडाउनमा परेपछि यो सेवा पनि अवरुद्ध भयो।
त्यसपछि भने सामुदायिक कर्मचारीले बालकलाई दैनिकरुपमा खाना लगिदिन्थे। पछि एकदिन झु आफैंले छोराको अनलाइन कक्षा नभएको बेला खाना बनाउन सिकाइदिइन्।
बालकले आफैंले दुईओटा घरेलु जनावरलाई खाना दिनुका साथै तिनीहरुलाई नुहाइदिने गरेका थिए।
यद्यपि अभिभावकहरु घर फर्किँदा घर निकै अस्तव्यस्त थियो। तर, झु घरको सफाइ नगरेकोमा पनि भन्दा ६६ दिनसम्म बालकले आफ्नो ध्यान राख्न सकेकोमा खुसी थिइन्।
प्रतिक्रिया