ad ad

रोचक


१५ वर्षको लिभिङ टुगेदरपछि तीन प्रेमिकासँग एकैसाथ विवाह, ६ सन्तान जन्ती

१५ वर्षको लिभिङ टुगेदरपछि तीन प्रेमिकासँग एकैसाथ विवाह, ६ सन्तान जन्ती

नेपालखबर
बैशाख २०, २०७९ मंगलबार १३:२०, काठमाडौँ

प्रेमको विषयमा धेरै किसिमको कहानी सुन्न पाइन्छ। यद्यपि भारतको मध्य प्रदेशमा भने भने फिल्मी शैलीको घटना भएको छ।

मध्य प्रदेशस्थित एमपीको अलीराजपुर जिल्लाका एक आदिवासी व्यक्तिले एकैपटक आफ्ना तीन प्रेमिकासँग विवाह गरेका छन्।

यति मात्र होइन, ती व्यक्ति पछिल्लो १५ वर्षदेखि लिभ–इन–रिलेसनमा थिए। उनको ६ सन्तान पनि छन्। दुलाहाले १५ वर्षअघि आफू गरीब भएकाले पैसा नभएकाले विवाह गर्न नसकेको र अहिले विवाह गरेको बताएका छन्। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार युवक तीन युवतीको प्रेममा थिए र उनले पटकपटक गरेर उनीहरुलाई भगाएर घर ल्याएका थिए। त्यसपछि उनीहरु लिभ इन रिलेसनमा रहँदै आएका थिए। तीन युवतीहरुबाट ६ सन्तान जन्मिएका छन्। 

समाचारमा बताइएअनुसार समरथ मौर्या नाम गरेका ती युवाले एकैपटक तीन युवतीसँग विवाह गरेका छन्। यो विवाहबाट उनका आफन्त र सन्तान पनि खुसी छन्। उनले छापेको कार्डमा पनि एकतर्फ दुलाहाको र अर्को तर्फ तीनै प्रेमिकाको नाम राखिएको थियो। 

मधय प्रदेशको उक्त क्षेत्रमा आदिवासी भालाला समाजको बसोबास छ। यो समाजमा विवाह नगरी सँगै बस्ने र बच्चा जन्माउन पाउने नियम छ। यद्यपि विवाह नगरेको जोडीले कुनै पनि शुभ कार्यमा भने सामेल हुन पाउँदैनन्। 

भारतको संविधान अनुसार आदिवासी रीतिरिवाज तथा विशिष्ट सामाजिक परम्परालाई संरक्षण गर्ने प्रावधानको आधारमा कानुनीरुपमा पनि समरथको विवाहले मान्यता पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .