जर्मनीमा ९६ वर्षीया एक महिलामाथि ११ हजार मानिसको हत्याको आरोपमा मुद्दा चलिरहेको छ। ‘द मिरर’का अनुसार इर्मगार्ड फुरचनर (परिवर्तित नाम) दोस्रो विश्वयुद्धको क्रममा एडोल्फ हिटलरको नाजी सेनामा सामेल थिइन्।
जतिबेला उनी नाजीहरुको एक यातना गृहमा सचिवको रुपमा काम गर्थिन्। उक्त यातना गृहमा ११ हजार मानिसको हत्यामा महिलाले सक्रिय भूमिका निर्वाह गरेको आरोप महिलामाथि लगाइएको छ।
अहिलेसम्म महिलालाई कुनै सजायको घोषणा गरिएको छैन। जर्मनीको गोपनीयताको कानुन अनुसार महिलाको वास्तविक पहिचान भने खुलाइएको छैन।
समाचारमा उल्लेख गरिएअनुसार अपराध गर्दाको समयमा महिलाको उमेर २१ वर्षको थियो। त्यसैले जर्मनीको कानुनको हिसाबमा महिलालाई सजाय दिलाउन उनलाई किशोर अदालतमा पेश गरिनेछ।
जर्मनीमा २१ वर्षभन्दा कम उमेरका मानिसलाई किशोर अदालतले सजाय सुनाउने गर्छ।
अभियोजकका अनुसार सन् १९४३ देखि १९४५ को बीचमा यो घटना भएको थियो।
गत वर्ष जर्मनीको एक अदालतले ९३ वर्षीय एक व्यक्तिलाई पाँच हजार ५२३० मानिसको हत्यामा दोषी ठहर गरेको थियो।
Shares
प्रतिक्रिया