ad ad

कला


निशा र शरद दुवैले आफ्ना सबै अंश छोराको नाममा गर्ने

निशा र शरद दुवैले आफ्ना सबै अंश छोराको नाममा गर्ने

छोराका साथमा निशा अधिकारी। तस्बिर : उनकै फेसबुकबाट।


नेपालखबर
फागुन १५, २०८० मंगलबार १४:४०, काठमाडौँ

अभिनेत्री निशा अधिकारी र उनका पति पूर्वक्रिकेटर शरद भेषवाकरले उनीहरूका सबै अंश छोराको स्वामित्वमा राख्ने भएका छन्।

निशाले मंगलबार फेसबुकमार्फत अदालतले आफूहरूलाई दिएको सबै अंश छोराको नाममा राख्ने बताएकी हुन्। 

त्यसका लागि कानुनी प्रक्रियासमेत अघि बढिसकेको जानकारी निशाले दिएकी छन्। 

‘मेरो छोराको बुवा (शरद) र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा राख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ’, निशाले लेखेकी छन्, ‘तसर्थ एकअर्काको धन सम्पत्तिमा दुइटैको नजर नरहेको कुरा छ।’

निशाले पतिविरुद्ध दिएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले हालै निशाले भेषावकरको सम्पत्तिबाट तीन भागको एक भाग अंश पाउने फैसला गरेको थियो। 

यो मुद्दा बहिर आएदेखि विभिन्न टिकाटिप्पणी र गाली खानुपरेको भन्दै उनले फेसबुकमार्फत स्पष्टीकरण दिएकी हुन्।  

‘मेरा केही कुरा’ भनेर उनले बुँदागत रूपमा लेखेकी छन्ः  
१. कानुनमा आमा र बुवा दुइटैको सबै कुरा भाग लाग्ने व्यवस्था छ। मैले किन कानुनी उपचार लिनुपर्‍यो भन्ने कुरा व्यक्तिगत हो। 

२. मेरो छोराको बुवा र मैले एकअर्काबाट एक पैसा नलिने र हाम्रो भाग सबै बाबुको नाममा रख्ने निर्णय गरेर प्रक्रिया अगाडि बढेको छ।

३. तसर्थ एकअर्काको धनसम्पत्तिमा दुइटैको नजर नरहेको कुरा छ।

४. छोरा र छोरीलाई बाराबर अंश दिने प्रावधान छ। तसर्थ कोबाट धेरै पाउँछ भन्ने कुरा पनि नितान्त व्यक्तिगत हो। 

५. ‘लिभ इन पिस’ गरेपछि ‘रेस्ट इन पिस’ हुने हो। मर्नुअगाडि मेरो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा म ढुक्कसँग मर्न पाउने मात्र होइन, यो कुरामा मलाई गर्व पनि छ। 

६. बाँकी कुराः कानुन संशोधन भएर धेरै अगाडि आइसक्यो, कानुनी उपचार लिएर कुराहरू सुल्झाउन प्रविधिलाई नर्मलाइज गरौँ। 

समाजमा हानि नहुनेगरी आफ्नो सन्तानलाई राम्रो वातावरणमा हुर्काउन पाउनु सबै अभिभवकको कर्तव्य र स्वतन्त्रता पनि हो। यस विषयमा धेरै कुराहरू गर्न सकिन्छ। अरूको जुत्ता नलगाएसाम त्यो जुत्ताले दिने पीडाको हेक्का (एक्सपिरिएन्स) हुँदैन। त्यसैले कृपया आफ्ना बालबालिका र नातिनातिनीको भविष्यका लागि के के गर्नुपर्छ, निर्धक्क भएर निर्धक्क रूपमा गरौँ र गर्न दिऊँ। अझ पनि कानुनमा संशोधन गर्नपर्ने थुप्रै कुराहरू बाँकी छन्। भएकै कुराहरू बुझेर उपयोगमा नल्याएसम्म सामजिक रूपान्तरण धेरै सुस्त गतिमा अगाडि बढ्छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .