बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले ‘सानी’ बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ‘ कोहिको माया हिरा’ सार्वजनिक गरेका छन्।
नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजनसँगको भेटघाटलाई नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायक गैरेले नयाँ गीत सार्वजनिक गरेका हुन्।
यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ। किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका हुन्। संजय हमालले गीतको संगीत संयोजन गरेका हुन्।
डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड छन। बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका हुन्। भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन्। गणेश शाहीले भिडियो निर्देशन गरेका हुन्। सुदन गैरेको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ।

प्रतिक्रिया